२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर मेयर कप क्रिकेटः ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी



अ+ अ-

काठमाडौँ । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो । ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो । सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो ।

सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन् । बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले एक एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाएका थिए । बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन् । जितसँगै सुदुरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ ।

सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा छ । मधेस प्रदेश अङ्कबिहीन बन्दै पुछारमा छ । अहिले कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ । कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ ।