२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती लोकमार्गः बिग्रियो ‘ओटासिल’



file photo
अ+ अ-

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम उत्तिकै छ ।”

सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरीर थपक्कै ढाकेको हुन्छ”, मोटरसाइकल चालक लक्ष्मण केसीले भने, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा घण्टा लाग्ने ठाउँमा एक डेढ घण्टा लाग्छ ।”

बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । “धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्”, उनले भने, “स–साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ ।”

ठाउँ–ठाउँमा ठेक्का गरिएको भए पनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्र गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्र भए पनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ । तुलसीपुरबाट रुकुमपश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब रु ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्सेनि करोडौँ बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ । रासस