२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: कांग्रेसको ६ मन्त्रालयमा दाबी



अ+ अ-

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले ६ मन्त्रालय दाबी गरेको छ । कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा कांग्रेसले मात्रै ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।

नेकपा एमालेले सत्ता छाडेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए । एमाले र राप्रपाले सरकार छाडेपछि अहिले मुख्यमन्त्री जम्कट्टेलले ७ वटा मन्त्रालय सम्हालिरहेका छन् ।

बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१ र एकीकृत समाजवादीको ७ सीट रहेको छ । जसमध्ये कुल ११ मन्त्रालयमा कांग्रेसले आर्थिक मामिलासहित ६ वटा मन्त्रालय र नेकपा एसले ३ वटा मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता समीकरण अनुसार कांग्रेस र नेकपा एसले मात्रै नौँ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय भागबन्डामा समस्या परेको छ ।




भर्खरै