२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताउनुभयो ।