२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीहरुको खुलामञ्च अगाडि प्रदर्शन (फोटोफिचर)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज खुलामञ्च गेट अगाडि प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमा नै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

मिटर ब्याजी पीडितहरुले खुला मञ्चमा बिरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे नदिएको उनीहरुले बताएका छन् । पीडितहरुले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर मेयर साहले प्रदर्शन गर्न समेत रोक लगाएको भन्दै नाराबाजी गरे ।

पीडितहरु महानगरले खुलामञ्च प्रवेश गर्न नदिदाँ वीर अस्पताल अगाडिको सडकमै बसेर नाराबाजी गरिरहेका छन् । पीडितहरुले बालेन साह मुर्दावाद, मिटर ब्याजीलाई कारबाही गर्, हाम्रो पैसा फिर्ता गर, पीडितलाई न्याय दे, मिटर ब्याजीको सम्पती छानबिन गर जस्ता नारा समेत लगाएका छन् ।