५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधारमा निर्माणमा असर गर्योः मन्त्री नेम्वाङ



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्याएको बताउनुभएको छ । आज शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा  पदभार ग्रहण गर्दै उहाँले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताउनुभयो । 

विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “कोभिडका कारण काममा बाधा पुग्दा राष्ट्रिय र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न गाह्रो हुन्छ ।”

भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताउनुभयो । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्बाट सरकार बन्न नसकेपछि संसद् बिघठन भएर नयाँ निर्वाचनको घोषणा भएको हो ।”

कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताउनुभयो । सरकारले अहिले सडक, रेल, सिँचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको मन्त्री नेम्वाङले बताउनुभयो । असल मनशायले काम गर्दा गल्ती नै भए पनि त्यो क्षमायोग्य हुने तर गलत नियतले गरेका काम दण्डनीय हुने उहाँको भनाइ छ । कर्मचारीले काम गर्दा कुनै गल्ती भए पछि हट्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मेरो बढुवामा पो असर गर्छ कि भन्ने सोचेर काम गर्न पछि हट्नुहुँदैन ।”
‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक 

मन्त्री नेम्वाङले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले काठमाडौँ उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो । 

उहाँका अनुसार निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेका छन् । मन्त्रालयले फुसको छाना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । मन्त्रालयले हिमाली र पाहाडी जिल्लालाई विभिन्न स्थान शहरीकरण गर्ने पनि कार्यक्षेत्रमा पार्नुपर्नेमा उहाँको जोड छ । 

मेलम्चीको स्थलगत अध्ययन गरिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाइएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताउनुभयो ।

मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उहाँको जोड छ । अहिलेसम्म सडक, पुललगायत पूर्वाधार बने पनि लामो समयसम्म मन्त्रालय स्रोतलगायत कुरामा अल्झेको मन्त्री नेम्वाङले बताउनुभयो । ‘लिफ्ट’मार्फत गरिने डिप बोरिङमा आयोजना कसरी सञ्चालन भइरहेको छ भन्ने ‘फलोअप’ हुनुपर्नेमा उहाँको जोड छ ।

अर्थतन्त्रमा कृषिको महत्वपूर्ण योगदान

मन्त्री नेम्वाङले अर्थतन्त्रमा महत्वपूर्ण योगदान कृषि क्षेत्रको रहेकाले सरकारले कृषिलाई उच्च प्राथमकिता दिएको बताउनुएको छ । कृषि मन्त्रालयमा पदभार पछि आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय आकाङ्क्षा र अन्तराष्ट्रिय लक्ष्य पूरा गर्न कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकामा जोड दिनुभयो । यो क्षेत्रमा धेरैले रोजगारी पाइरहेकाले बेरोजगारी कम गर्न कृषि क्षेत्रको योगदान रहेको उहाँले औँल्याउनुभयो । 

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, खानेपानी मन्त्रालयका निमित्त सचिव सुनिल दास र कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले मन्त्रालयको सङ्गठनात्मक संरचना, समस्या, सम्भावना, बजेट कार्यान्वयनको अवस्थालगायतका विषयमा जानकारी गराउनुभएको थियो । मन्त्री नेम्वाङले विसं २०७६ मङ्सिरदेखि भौतिक पूर्वाधार मन्त्राललयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । 

मन्त्री नेम्वाङले आज नै मन्त्रालयका विभिन्न फाइलमा सदर समेत गर्नुभएको छ । शहरी विकास मन्त्रालयको कार्यक्षेत्र अध्ययन गर्नेसम्बन्धी फाइल, कृषि मन्त्रालय पेय पदार्थ गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित गर्नेसम्बन्धी फाइल, खानेपानी मन्त्रालयमा कोभिड–१९ काजसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएको छ ।