२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताको कमाण्ड नितिशलाई



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर) को टोलीले २०२३ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि नितिश राणालाई टोलीको कमाण्ड दिइएको छ ।

कोलकाताका नियमित कप्तान श्रेयस अय्यर हाल ढाडको चोटबाट जूझिरहेका छन् र पूरै आईपीएल २०२३ सिजनबाट बाहिरिने सम्भावना छ । तर, कोलकाता नाइट राइडर्सले श्रेयसलाई आईपीएल २०२३ मा केही खेलका लागि अवश्य उपलब्ध हुने आशा व्यक्त गरेको छ । आईपीएल २०२३ मा केकेआरले आफ्नो पहिलो खेल १ अप्रिलमा पञ्जाब किंग्ससँग खेल्नेछ ।

नितिश राणा सन् २०१८ देखि कोलकाता नाइट राइडर्ससँग आवद्ध छन् । आईपीएल २०२३ मेगा लिलामीमा केकेआरले नितिश राणालाई ८ करोडमा किनेको थियो । भारतका लागि एक एकदिवसीय र २ टी–२० खेल खेलेका राणाले हालसम्म ९१ आईपीएल खेलमा २१८१ रन बनाएका छन् ।

यस क्रममा उनको औसत २८.३२ र स्ट्राइक रेट १३४.२२ छ । उनले आईपीएलमा १५ अर्धशतक बनाएका छन् । उनले सन् २०१६ मा आईपीएलमा डेब्यु गरेका थिए । कोलकाता बाहेक राणाले मुम्बई इन्डियन्सबाट पनि आईपीएल खेलिसकेका छन् ।




भर्खरै