काठमाडौं । असार २२ गतेबाट कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोश्रो मात्रा लगाइने भएको छ ।
खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज दिइन लागेको हो ।
गतको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोश्रो मात्रा दिइने भएको हो ।
स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै असार २२ बाट उक्त उमेर समूहलाई दोश्रो डोज दिने जनाएको छ । खोप लगाउनका लागि यसअघि खोप लगाउँदाको कार्ड अनिवार्य ल्याउनुपर्नेछ।













