२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो



फाईल फोटो
अ+ अ-

गलेश्वर । कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ ।

तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मीयामको राजधानी भएको ढोलठान दरबारसम्म पुग्न पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित उक्त दरबारसम्म वडाकार्यालयको लगानीमा सडक स्तरोन्नतिका साथै पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको दरबार संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको वडा नं ९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार चमच्चा डिलदेखि ढोलठासम्म करिब छ सय मिटर पदमार्ग निर्माण गरिएकाले स्थानीयवासीलाई समेत आवातजावत गर्न सहज भएको छ । गत आर्थिक वर्षमा वडा कार्यालयले सडक स्तरोन्नतिका लागि रु नौ लाख, पदमार्ग निर्माण लागि रु चार लाख र प्रतिक्षालय बनाउन रु दुई लाख गरी रु १५ लाख उपलब्ध गराएकाले पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

‘कहिले राजा ढोलठाना, कहिले राजा बेनीमा’ यो लोककथन अझै पनि उत्तिकै प्रचलित छ । बाइसी र चौबिसी राज्यकालमा चौबिसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय दृिष्टले पनि उत्तिकै महत्वपूर्ण रहेको पुलाचौरस्थित जनकल्याण माविका शिक्षक शिव बानियाँले बताउनुभयो ।

विसं २०७७ को मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यास तत्कालीन राजधानी ढोलठान र बेनीलाई नै आधार बनाएर लेखिएको हो । उक्त उपन्यास प्रकाशित भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेका वडाध्यक्ष केसीले बताउनुभयो । यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत छन् । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरीसहित दर्जनौँ हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका दर्जनौँ गाउँ देख्न सकिने स्थानीय राजन चोखालले जानकारी दिनुभयो ।

समथर भाग, शिरशिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने स्थान ९थुम्को०, र एतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका उहाँको भनाइ थियोे । पर्यटकले उक्त दरबार अवलोकनसँगै स्थानीय प्राङ्गारिक खाना, विभिन्न जातजातिको कला–सँस्कृति रैथाने जीवनशैलीसमेत अवलोकन गर्न पाउने पत्रकार प्रताप बानियाँले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ । रासस




भर्खरै