२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिनु संविधान बिपरित: कोईराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखिएकोमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कोईरालाले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर बनाईएको विधेयक संविधान बिपरित रहेको बताएका हुन् ।

उनले लेखेका छन्–’मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान बिपरित छ । संविधानको धारा २८४ ले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ।’

उनले संविधान बनाउदा माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव गरेको तर कांग्रेसले न्यायलयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको बताए । ‘स्मरण रहोस: संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायलयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त बिपरित जान हुदैन भन्दै न्यायलयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो ।’, कोईरालाले भने ।