२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं ।भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो ।

खेलको २० औँ मिनेटमा नै भुटानले अग्रता लियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गरे । एक गोल फर्काउन पनि नेपाललाई खेलको ९० औँ मिनेट कुर्नुपर्‍यो । खेलको ९० औँ मिनेटमा नेपाललका दीपकराजसिंह ठकुरीले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरी सकियो ।

यसअघि चैत ८ गते भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले परािजत गरेको थियो । त्यतिबेला नेपालको जितमा जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।

यस खेलसँगै अब फाइनल खेलमा नेपाल र लाओस भिड्ने पक्का भएको छ । नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ भने लाओस तीन अङ्काका साथ दोस्रो स्थानमा छ । यस खेलसँगै भुटान एक अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।

फाइनल खेल यही चैत १७ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । रासस




भर्खरै