२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई कमजोर बनाउने खेल भयोः अध्यक्ष ओली



अ+ अ-

पाल्पा । नेकपा (एमाले)अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताएका छन् ।

एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पा तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् ।

सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बताए । सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उनको भनाइ छ ।

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष ओलीले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाए ।

पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजनीतिक र राष्ट्रियता सङ्कटमा रहेको बताए । फरक प्रसङ्गमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको सङ्केत गर्दै एमालेभित्र खराब आचरणका व्यक्ति प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताए । रासस