२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलबजारका मेयरमाथि मोबिल आक्रमण: कडा कारबाहीको माग गर्दै एमाले कार्यकर्ता आन्दोलनमा



अ+ अ-

सिरहा । गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू आन्दोलनमा उत्रेका छन् ।

आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको मागसहित उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

आन्दोलनकारीहरुले गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसको कारणले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

कार्यालयबाट बाहिर जाने क्रममा एमालेबाट निर्वाचित मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । मोबिल छ्याप्नमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटनामा संलग्न अन्य भने फरार रहेका छन् ।