५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले पूर्वराजालाई गुहार्ने काम पूरा गरेको मुख्यमन्त्री पोखरेलको आरोप



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले नेता शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई गुहार्ने काम पूरा गरेको आरोप लगाउनुभएको छ । 

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले हालको राष्ट्रपति संस्थाभन्दा पहिलेको राजा नै ठिक भन्ने टिप्पणी गरेपछि त्यसलाई इंगित गर्दै मुख्यमन्त्री पोखरेलले दाहालबाट पूर्व राजा गुहार्ने काम पूरा भएको आरोप लगाउनुभएको हो ।

राजनीनिक प्रतिस्पर्धामा आफूलाई उच्च देखाउन पूर्वराजालाई गुहार्ने काम बाँकी रहेको र बिहीबार त्यो पनि पूरा भएको भन्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ । 

राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।