२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १ गते ओशो महोत्सव हुने



अ+ अ-

काठमाडौँ । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्न वैशाख १ गते ओशो महोत्सव आयोजना हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । गत वर्ष पनि ओशो तपोवनले वैशाख १ गते १५ हजार बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी उत्सव सम्पन्न गरेको थियो । सोही कार्यक्रमको निरन्तरतास्वरुप यस वर्ष पनि नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव बिहान ९ बजेखि बेलुका ९ बजेसम्म हुने र यसमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविक प्रकारका कार्यक्रमहरु गरिने बताइएको छ । ओशो महोत्सव साधनाको महोत्सव हुने बताइएको छ । ओशो महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेटिडेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै स्वामी आनन्द अरुणले केही नहुने देशले बौद्धिक सीपबाट विकसित हुँदै गएपनि नेपाल भने प्राकृतिक श्रोत र साधनले पूर्ण भएपनि गरिब हुँदै गएको बताउनु भयो । उहाँले मानसिको विवेकले नै सबैकुरालाई मजबुत बनाउन सकिने बताउनु भयो ।

स्वामी आनन्दअरुणले प्राकृतिक सम्पदा केही नभएका देशहरु नेपाल भन्दा विकसित हुँदै गएपनि नेपाल भने प्रत्येक दिन गरिब हुँदै जानु आश्चर्यजनक रहेको बताउनु भयो ।