२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुने प्रधानमन्त्रीको आश्वासन



फाईल फोटो
अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुने आश्वासन दिनुभएको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा उहाँले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने भन्दै एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माण कार्यलाई अगाडि बढाउने आश्वासन दिनुभएको हो ।

करिब डेढ वर्षदेखि रकम अभावमा रंगशालाको काम रोकिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ ।

रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।