२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडित र सरकारबीच पुनः बस्ने गरी वार्ता सकियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको हो ।

वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेको मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताउनुभयो । उहाँकाअनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेको थियो । त्यसपछि बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवान बताउनुभयो ।

पासवानले वार्ता ठीकै रहेको र सरकारसँग आशावादी रहेको बताउनुभयो । “जफत भएको जमिन फिर्ता गरिनुपर्छ, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्छ, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।