२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरि हुमागाँइको ‘तूइन् पारी’



अ+ अ-

काठमाडौ । हरि हुमागाँइले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाँइले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ ।

सार्वजनिक गीतको अडियो र भिडियो नै गज्जब छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् ।

भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।

हुमागाईँ पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडियो निर्देशन तर्फ हावी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।