काठमाडौँ । विपक्षी तीन दल सहित सत्तारुढदल भित्रका विपक्षीनेताहरुले सरकार बिरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको बैठकमा उनिहरुले गठबन्धनलाई दरो बनाएर लैजाने र ‘प्रतिगमन’विरुद्ध सडकमा उत्रिने निर्णय गरेका हुन् । उनिहरुले सरकार बिरुद्ध भातृसंगठनलाई परिचालित गर्ने निर्णय समेत गरेका छन् । माउ पार्टीको निर्देशन अनुसार नै बिहिबार तीन बजे राजधानीको प्रर्दशन मार्गमा भातृसंगठनहरु प्रर्दशनमा उत्रिने भएका छन् ।
विपक्षीमोर्चाको बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता देव गुरुङ, सहभागी हुनहुन्थो । यसैगरी नेकपा एमालेबाट निष्कासित नेता माधब नेपाल र नेता भीम रावल ,जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनु भएको थियो ।












