२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारवाही फुकुवा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९ अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णय गरेसँगै जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका जोशीको एकैसाथ कारबाही फुकुवा भएको हो ।

कोइरालाको निधन भइसकेको छ भने पौडेल राष्ट्रपति बनेर कांग्रेसबाट अलग भइसकेका छन् ।

कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनलाई लक्षित गर्दै तनहुँ–१ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा गरेको बताइएको छ । जोशीको समर्थन नभए उपचुनावमा गोविन्द भट्टराईलाई जित्न कठिन हुने देखिएपछि उनीसहितका नेताहरूको आग्रहमा कारबाहीमुक्त गरिएको बताइन्छ ।

२०७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।

विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो । उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।

जोशीको हकमा भने रामचन्द्र पौडेलसँगको व्यक्तिगत लडाइँकै कारण उनको राजनीति सकिएको हो । अघिल्लो निर्वाचनमा पौडेलले जोशीको उम्मेदवारी नै खारेज गराए पनि पराजित भएका थिए । यसपटक जोशी उम्मेदवार बनेर करिब साढे ६ हजार मत पाएका थिए ।