२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शिक्षण अस्पताल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

पेटमा समस्या भएपछि शनिबार अस्पताल भर्ना हुनभएका राष्ट्रपति पौडेललाई अस्पतालमै भेटी प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं गृहमन्त्री पूर्णबहादुर खड्का, सांसद सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि राष्ट्रपति पौडेललाई भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।




भर्खरै