२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–२ मा शम्भु थापालाई उठाउदै दुर्गा प्रसाईँले भने– रवि लामिछानेलाई हराएरै छाड्छु



अ+ अ-

काठमाडौँ । दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन् ।
उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे । प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ ।

‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्डपनि त्यही ठाउँमा पुगिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें । राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ । उहाँहरु पनि त्यही ठाउँमा गएर हाम फालेपछि, त्यही पोखरीमा गएर हाम फालेपछि हामीले यो अभियान चलायौं । कालोमोसो दस्ता खोलेको यी भाई (शम्भु थापा) लाई लगेर थुनिदिए,’– उनले भने ।

प्रसाईँले राजनीति र व्यापार व्यवसाय आफूसँग सिक्न आउन  केपी ओलीलाई आग्रह गरे । ‘केपी ओलीजी ऋण तिर्न सक्नेगरि लिनु नि भन्दै हुनुहुन्थ्यो । उहाँले विजनेस नै गरेको छैन । उहाँलाई राजनीति पनि गर्न आएन, विजनेस पनि गर्न आएन । राजनीति गर्ने हो भने मसँग सिक्न आउन्, देश कसरी चलाउनुपर्छ । व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँग सिक्न आए हुन्छ । हामी राजनीतिको पाठ सिकाउँछौं,’–प्रसाईँले भने ।