२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५३.३० अंकले वृद्धि, हिमालयन डिष्टिलरी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ । सोमबारको भन्दा कारोबार रकममा सामान्य गिरावट आएको छ । सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अन्य उपसमूहको सूचक ३.३८ प्रतिशत ,फाइनान्स उपसमूहको २.८५ प्रतिशत,माइक्रोफाइनान्सको २.८२ प्रतिशत, विकास बैंक उपसमूहको २.७१ प्रतिशत, लगानी उपसमूहको २.४९ प्रतिशत र बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

मंगलबारको नेप्से परिसूचकसँगै सर्वाधिक १० कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १० कम्पनीहरुमध्ये ७ कम्पनी जलविद्युत रहेका छन्। जसमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । आज प्रायः सबै म्युचुअल फण्डहरुको शेयर मूल्यमा गिरावट आएको छ ।  

मंगलबार कारोबार रकमका आधारमा २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।