५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो : उपराष्ट्रपति नन्दबहादुर पुन



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

उहाँले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुनेगरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो ।

खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहान्छु । र फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहान्छु ।’

उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दिर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । दिर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘ओलम्पिक यात्राका लागि हामीले दिर्घकालीन योजनाहरु बनाउनुपर्दछ । कतिऔँ ओलम्पिक सम्म पुग्दा हाम्रा खेलाडीहरुले समुह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कतिऔँ ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दिर्घकालनीन योजना बनाएर लगानी गर्नुपर्छ ।’

नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो । उहाँले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भुमिका हुने पनि बताउनुभयो ।