२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेलद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

कलैया । प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको थियो । तर उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उक्त क्षेत्रबाट जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदै छ । उहाँलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को साथ छ ।

सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) ले पुरुषोत्त पौडेललाई उठाउने निर्णय गरेको छ । त्यसैगरी नेकपा ९माओवादी केन्द्र० परित्याग गरी जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीबाट उठ्दैछन् ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।