२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक बालिका बलात्कारको आरोपमा धापासीबाट दुई युवक पक्राउ



अ+ अ-

काठमाडौं । सामूहिक बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भएका २१ बर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले आशिष तामाङ नामको नक्कली फेसबुक आईडी खोलि पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका थिए ।

गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

सोमबार पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।




भर्खरै