५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ दिन मा मैले के के गरे -पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तमाङ्ग



अ+ अ-

काठमाडौ  । पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्गले राजनितिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभएको छ । १९ दिन स्वास्थ्यमन्त्री रहनु भएका तमाङ्गले आफूले गरेका कामको बिवरण प्रस्तुत गर्दे कारोना नियन्त्रणमा ईमान्दार प्रयत्न गरेको र  खोप ल्याउने सम्बन्धी सबै प्रकृया पुरा गरी केही दिनमा नै खोप आउने सुनिस्चित भएको जनाउनु भएको छ ।

उहाँले  खोपको सुनिश्चिता भएको  अबस्थामा राजनीतिक घटनाक्रमका कारण खोप ल्याउन ढिला भएर नागरिकको जीबनमा असर परे त्यसको नैतिक जिम्मेबारी कसले लिने प्रश्न गर्नुभएको छ । उहाँले  सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात गरेको जानकारी गराउनु भएको छ ।  

यसै गरी सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको पनि जनाउनु भएको छ । यसै गरी १९ दिनमा गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको पनि उल्लेख  गर्नुभएको छ ।

काम चलाउ सरकारले  मन्त्रमिण्डल पुनःगठन गर्ने कार्य सबिधान बिपरित भएको भन्दै सर्बोच्च अदालतले मंगलबार २१मन्त्री र तीन राज्य मन्त्रीको नियुक्ति बदर गरेको थियो ।