२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित



अ+ अ-

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थित भएका छन् । अन्तराष्ट्रिय संञ्चारमाध्यामहरुका अनुसार आफूमाथी लागेको आरोपका बारेमा सुनुवाईका लागि उनि अदालतमा उपस्थित भएका हुन् ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरुद्ध मुद्दा चलेको छ। उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।साथै उनिमाथी अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप लागेको छ ।

अदालतमा बयान दिएर निस्किएका ट्रम्प ले समर्थकहरुलाई सम्बोधन गर्दै आफूले कुनै गल्ती नगरेको र घटनालाई राजनीतिकरण गरिएको दाबी गरेका छन् । अदालतले उनलाई समर्थकहरुलाई उक्साउने अभिव्यक्ति नदिन निर्देशन समेत दिएको छ ।

५७ मिनेटको सुनुवाइपछि ट्रम्प न्यूयोर्कबाट फ्लोरिडास्थित आफ्नो घर ‘मार–ए–लागो’ पुगेका थिए । यहाँ उनले जनता र सञ्चारमाध्यमबीच सम्बोधन गरेका थिए । यहाँ ट्रम्पले भने – मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी इतिहासमा यस्तो हुनेछ । मैले गरेको एउटै अपराध भनेको निडरताका साथ मेरो देशलाई नष्ट गर्न चाहनेहरूबाट रक्षा गर्नु हो ।’

फोटो-बीबीसी