२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अध्यक्षसंग साेधियाे स्पष्टीकरण



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोध्नुभएको छ ।

सह–चालकको अभावमा काठमाडौँ–दुबई–काठमाडौँ उडानमा भएको डिलाइलगायत विषयमा मन्त्री किरातीले स्पष्टीकरण सोध्नुभएको हो । मन्त्रिस्तरीय निर्णयबाट निगम अध्यक्ष अधिकारीलाई आइतबार स्पष्टीकरण पत्र पठाइएको छ ।

सह–चालकको अभावले शनिबार राति दुबई उडानमा ढिलाइ भएको घटना, मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) ११ महिनासम्म नवीकरण नगरिनुको कारण दिल्लीमा दुईवटा पन्चर भएको पाङ्ग्रा बेलैमा फेर्न नसकेर २६ घण्टासम्म जहाज ग्राउन्डेड भएको घटनालगायत व्यवस्थापकीय कमजोरीका विषयमा एक साताभित्र जवाफ बुझाउन भनिएको स्पष्टीकरणमा उल्लेख गरिएको बताइएको छ ।