२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किलर ह्वेल कसरी सामाजिक गतिविधिमा संलग्न हुन्छन् ? जान्नुहोस्



अ+ अ-

एजेन्सी । किलर ह्वेलहरु अतिसमाजिक जीवका रुपमा चिनिन्छन् । अमेरिकाको वाशिङ्टन राज्य नजिकैको ह्वेलको एक बथानको १० दिनमा १० घण्टाभन्दा धेरै समय भिडिओ खिचेर सो अध्ययन गरिएको हो।

यूकेको एउटा विश्वविद्यालयले गरेको अध्ययनले किलर ह्वेलहरू उमेर र लिङ्गको आधारमा एकअर्कासँग घुलमिल गर्ने तथ्य पत्ता लगाएको छ।

प्रशान्त महासागरमा ड्रोन क्यामराबाट गरिएको अध्ययनमा कम उमेरका र पोथी ह्वेलहरूले अन्य ह्वेलभन्दा धेरै सामाजिक अन्तर्क्रिया गर्ने देखिएको छ।

युनिभर्सिटी अफ एक्सटरका डा माइकल वाइसले भन्नुभयो "हामी ह्वेलका बथान फेला पाछौंँ र छेउबाट तस्बिर खिच्छौँ ।" अधिकांश अध्ययन तस्बिरका आधारमा गरिएको उहाँले बताउनुभयो ।