रौतहट । खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झालाई कालो झण्डा देखाउने ३ जना पक्राउ परेका छन् ।
जिल्लाको माधवनारायण नगरपालिका वडा नं–३ सखुअवाका ललनप्रसाद यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहटको क्षेत्र नं–१ बाट निर्वाचित सांसद झा मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुलनजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाई विरोध तथा उनीविरुद्ध नारा लगाएका थिए ।












