काठमाडौं । क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेका छन् । छन् ।
अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाई गलत सूचना प्रवाह गरेको भन्दै उनलाई साइबर ब्युरोले पक्रिएको हो ।
नेपालमा पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता ह्वात्तै बढेका छन् । जसमा विकृति पनि फैलिन थालेपछि प्रहरीले निगरानी राखेको छ ।












