५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल



अ+ अ-

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ । 

सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्वमा जोड दिनुभएको छ  । 

योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पु¥याउने जनाउँदै सन्देशमा भनिएको छ, “योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र  प्रकृतिसँग सम्बन्धित छ, चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन ।”

पुर्खाबाट खोज, अनुसन्धान र अभ्यास भइआएका योग र  ध्यान  साधनालाई नयाँ पुस्ताले पनि अनुसरण गर्न सके ठूलाठूला रोग र महाव्याधिबाट छुट्कारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने सन्देशमा जनाइएको छ । 

सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेका वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता औँल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतीत गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।
 
प्रदेश प्रमुख पौडेलले आज नै परेको संगीत दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनसहित स्वस्थ जीवन व्यतीत गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गर्नुभएको छ । सन् २०१५ देखि संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो ।  संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइन्छ । रासस