५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज ४ खेल हुँदै



अ+ अ-

एजेन्सी । युरो २०२० फुटबल प्रतियोगितामा आज चार खेलहरु हुँदैछन् ।

समूह चरणको अन्तिम खेलमा आज समूह 'बी' र समूह 'सी' का टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । 

समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकाल्दै  नकआउट चरणमा प्रवेश गरिसकेको छ । 

नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।

नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रियाले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टिमबीचको खेल ९ः४५ बजे सुरु हुनेछ ।

दुबै टिमको लक्ष्य जित निकाल्दै नकआउट चरणमा पुग्नु रहेको छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै समूह 'बी' मा रहेको बेल्जियमले फिनल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।  यी दुई टिम  राति १२ः४५ बजे आमनेसामने हुँदैछन् ।

अघिल्ला दुई खेल जितेको बेल्जियम यस अघि नै  नकआउट चरणमा प्रवेश गरिसकेको छ । आज फिनल्यान्डलाई हराएर बेल्जियम समूह विजेता बन्ने दाउमा हुनेछ । 

यता फिनल्यान्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा रसियाले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

रसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

यता डेनमार्क अंक विहीन रहँदै तालिकाको पुछारमा रहेको छ । यदि डेनमार्कले रसियालाई हराएमा डेनमार्क अन्तिम १६ मा प्रवेश गर्नेछ । गोल डिफरेन्सको आधारमा डेनमार्क नकआउट चरणमा प्रवेश गर्नेछ । 

आइतबार भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको थियो भने स्वीट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गर्यो ।