२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको ‘डेल्टा भेरियन्ट’ एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक



अ+ अ-

काठमाडौं । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन ९फ्रिडम डे० का रूपमा मनाउने तयारीमा थिए।  

सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन (एक्सलेरेटर) को गतिलाई अलि कम गर्ने समय हो।’  

जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन्। यी सबैको कारण डेल्टा नामक भाइरसको नयाँ भेरियन्ट हो। यसअघि बि.१.६१७.२ नामांकन गरिएको र भारतमा फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको यही भेरियन्टका कारण गत वसन्त क्रतुमा भारतमा डरलाग्दो महामारी फैलिएको थियो। इकोनोमिस्टले यो वर्ष मात्रै भारतमा १० लाख मानिसको मृत्यु भएको आँकलन गरेको छ।

भारत मात्र होइन, डेल्टा भाइरस अन्य देशमा पनि तीव्र रूपमा फैलिएको छ। जिआइएसएड नामक डाटा सेयरिङ अभियानका अनुसार यो भेरियन्ट क्यानडा, इन्डोनेसिया, पाकिस्तान, पोर्चुगल तथा रुसमा सबैभन्दा बढी पाइने भेरियन्ट बनिसकेको छ। भारतमा नयाँ भेरियन्ट देखिएपछि भारतसँगको सम्पर्क तोड्न बेलायतले ढिलाइ गरेको थियो र त्यही कारणले यो भेरियन्ट तीव्र रूपमा फैलिन सजिलो बनेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।