पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा रघुराज काफ्ले नियुक्त भएका छन् ।
आज (शनिबार)को मन्त्रिपरिषद्को बैठकले काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । आयोग उपाध्यक्षमा मुख्यमन्त्रीले योग्यताको आधारमा आफैंले नियुक्त गर्न पाउने व्यवस्था रहेको छ ।
तनहुँ घर भएका काफ्लेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसपछि उनले पदभार ग्रहण गरेका हुन् ।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकसमेत भएका काफ्ले अध्ययन तथा अनुसन्धानको क्षेत्रमा आबद्ध थिए ।













