५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकका बाढीपीडितका लागि माधव नेपालले गरे राहत सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् । 

एमालेको भातृसंगठन युवा संघको व्यवस्थापनमा संकलित राहत सामग्री नेपालले काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् । 

राहत वितरणका लागि संघका सचिव लक्ष्मण घिमिरेको नेतृत्वमा स्थायी कमिटी गणेश रिजाल, राम यादव, अनिल भण्डारी, रामकुमार भट्टराई, हरि साहलगायतका नेता तथा कार्यकर्ता सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

राहत सामग्रीमा चामल दुई सय पाँच बोरा, चिउरा २० बोरा, चाउचाउ ४० कार्टुन, दालमोट ७० केजी, बिस्कुट पाँच कार्टुन, तेल १५ कार्टुन, मास्क दुई हजार पिस रहेको छ ।