५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान निर्वाचन : इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित हुनु विश्वलाई खतरा भएको इजरेलको चेतावनी



अ+ अ-

एजेन्सी । इजरेलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ।

इजरेलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताउनु भएको छ। ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराउनु भयो। 

आइतबार रइसीलाई इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो। इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा हुन्छन्। 

निर्वाचन
इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाइएको छ। रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नु हुनेछ। राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।

अहिले इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्छन्। अमेरिकाले उहाँविरुद्ध प्रतिबन्ध लगाएको छ। उहाँ राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न हुनुन्थ्यो।

चुनाव जितेपछि उहाँले सरकारप्रतिको जनविश्वासलाई बलियो पार्ने र पूरा देशको नेता बन्ने वाचा गर्नु भएको छ। "म मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचारविरोधी सरकार बनाउनेछु," सरकारी सञ्चारमाध्यमले उनलाई उद्धृत गर्दै लेखेको छ। 

इजरेली प्रतिक्रिया
एउटा आलोचनात्मक ट्विटको लहरोमा इजरेली विदेश प्रवक्ताले उहाँ "इरानको परमाणु कार्यक्रमलाई तीव्र गतिमा बढाउन प्रतिबद्ध एक अतिवादी व्यक्तित्व" भएको उल्लेख गर्नु भएको छ । 

लामो समयदेखि इरान र इजरेल एउटा "छाया युद्ध" मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्।

पछिल्लो समयमा यी दुईबीच तनाव पुनः चर्किएको थियो। तनावको मुख्य स्रोत इरानको परमाणु गतिविधिहरू हुन्। इरानले इजरेलमाथि गतवर्ष आफ्ना शीर्ष परमाणु वैज्ञानिकको हत्या गरेको र एप्रिलमा आफ्नो एउटा युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको आरोप लगाएको छ।

इजरेलले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपले शान्तिपूर्ण हुनेमा विश्वास गर्दैन र तेहरान परमाणु हतियार विकासमा लागि परेको ठान्छ। आफ्नो ट्वीटमा प्रवक्ता हैअतले रइसीलाई सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उहाँलाई "तेहरानको निर्दयी हत्यारा" भन्नु भएको छ।

रइसी "मृत्युदण्डसम्बन्धी समिति" का चारमध्ये एक न्यायाधीश थिए जसले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टर्न्याश्नलको भनाइ छ। इजरेली विदेश प्रवक्ताले ३०,००० भन्दा धेरै मानिसहरू मारिएको दाबी गरेका छन् जुन इरानी मानवअधिकारवादी समूहहरूले समेत बताइरहने सङ्ख्या हो। इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिएका छैनन्।

अन्य अन्तर्राष्ट्रिय प्रतिक्रिया
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाई दिँदै आफूहरूबीचको "परम्परागत रूपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्ध" लाई स्मरण गर्नुभयो। सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिनुभयो। गाजापट्टिमा नियन्त्रण राख्ने प्यालेस्टेनी लडाकु समूह हमासका एक जना प्रवक्ताले इरानको "प्रगति र समृद्धि" को कामना गर्नु भएको छ। 

यद्यपि मानव अधिकारवादी समूहहरूले रइसीमाथि अमानवीय अत्याचारको कसीमा अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। 

ह्युमन राइट्स वाचका माइकल पेजले भन्नुभयो, "इरानको दमनकारी न्यायपालिकाको प्रमुखका रूपमा रइसीले इरानको पछिल्लो समयका निकै जघन्य अपराधको नेतृत्व गरेका छन् जसको अनुसन्धान र उत्तरदायित्व बहन गर्नु आवश्यक छ।" 

विश्वका लागि रइसीको विजयको अर्थ के ?
बीबीसी पर्सियनका कास्रा नाजीका अनुसार रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोशिस हुनेछ। त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हो।

कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन्। तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ।

सन् २०१५ मा हस्ताक्षर भएको उक्त सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका पछि हट्ने निर्णय गर्नुभयो। उहाँले इरानमाथि पुनस् व्यापार प्रतिबन्धहरू लगाउनुभयो। पश्चिमी प्रतिबन्धले सामान्य इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ।

उक्त सम्झौताअनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनस् सुरु गरेको छ। भियानामा जारी वार्ता उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसमा रहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन पनि यसलाई पुनस् सुरु गर्ने पक्षमा छन्। तर दुवै पक्षले अर्को पक्षले पहिलो कदम चाल्नुपर्ने बताइरहनु भएको छ ।

(बीबीसी)