५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज उपत्यकाका तीनै जिल्लाका प्रजिअहरूको बैठक बस्दै, खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूबिच आज निषेधाज्ञाबारे थप छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी रहेको छ । बैठक आज अपरान्ह ३/४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूबिच बस्नेछ ।

बैठकमा निषेधाज्ञा थप गर्ने र कुन/कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । यधपी कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

यतायातको हकमा भने जोर/बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।