२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा संक्रमणदर घट्दै



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर  मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना  सङ्क्रमण भएको हो ।

अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो । निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको कोरोना सङ्क्रमण केही  दिनयता भने निरन्तर ओरालो लागिरहेको छ । 

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन  हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण  दर न्यून हुँदै गएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।