काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ ।
निगमले बाढीबाट प्रभावित मेलम्ची र हेलम्बुका ३० परिवारलाई राहतस्वरुप एक–एक थान ग्यास सिलिण्डर र चुलो प्रदान गरेको हो ।
निगमले सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा राहतस्वरुप उक्त सहयोग गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराईसहित निगमका पदाधिकारीले बाढीबाट प्रभावित परिवारलाई सो राहत सामग्री हस्तान्तरण गरे ।













