५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी-पहिरो पीडितलाई १० लाख सहयोग



अ+ अ-

काठमाडौ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पैरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपियाँ राशि प्रदान गर्ने निर्णय गरेको छ ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष श्री लोकमानसिंह कार्कीको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।  सो रकमबाट एभिन्युज टेलिभिजन मार्फत राहत प्रदान गरिनेसमेत भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो  । 

स्मरणरहोस्- भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै  गत वर्ष कोरोना सङ्क्रमणका पीडितका लागि पनि सातै प्रदेशमा खाद्यन्न, स्वास्थ्य सामाग्री र मास्क गरेर ३१ लाख ३० हजार रूपियाँ प्रदान गरेको थियो ।