बनेपा । काभ्रे जिल्लाको बनेपामा आमा–छोरा मृत अवस्थामा र श्रीमान अचेत अवस्थामा फेला परेका छन् ।
पाँचखाल नगरपालिका–६ स्थायी घर भई बनेपा–११ को सिनागालमा डेरा गरी बस्दै आएका ३० वर्षीय मनिषा कार्की घिमिरे र उनको ६ वर्षीय छोरा युवान घिमिरे मृत भेटिएका हुन् भने श्रीमान् ३३ वर्षीय माधवप्रसाद घिमिरे अचेत अवस्थामा फेला परेका हुन् ।
घटनाको प्रारम्भिक अवस्था हेर्दा माधवप्रसाद घिमिरेले श्रीमती र बच्चालाई विष खुवाएपछि आफूले पनि सेवन गरेको र यसबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु बस्ने डेरामा औषधि तथा विषादी फेला परेको छ ।
त्यस्तै, मृतकहरुको शरीरमा कुनै चोटपटक देखिए पनि मेडिकल रिर्पोटमा तीनै जनाको शरिरमा विषादी देखिएको बताईएको छ ।
अचेत अवस्थामा भेटिएका माधवप्रसाद घिमिरेलाई अनुसन्धानका लागि बनेपास्थित् शिर मेमोरियल अस्पतालमा प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ।
माधवप्रसाद घिमिरेले डिप्रेसनको औषधि खाँदै आएको उनका आफन्तले बताएका छन् ।












