नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।
अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकले टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकि नेतृ आरती लामाले बताउनुभयो ।
राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिनुभयो ।
उहाँले बेसाहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गर्नुभयो । अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गर्नुभयो । बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरीने अनेरास्ववियुले जनाएको छ ।












