काठमाडौं । आज (शुक्रबार) पनि बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मुल्य तोलामा रु १२ सयले गिरावट आएको हो ।
हिजो (बिहिबार) प्रतितोला रु ९२ हजारमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) रु १२ सयले घट्दै प्रतितोला रु ९० हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९० हजार ३ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







