२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका: पेरुमाथि ब्राजिलको शानदार जित



अ+ अ-

काठमाडौं । कोपा अमेरिकाको शुक्रबार समूह बी को खेलमा ब्राजिलले पेरुलाई ४–० को फाराकिलो अन्तरले पराजित गरेकाे छ । ब्राजिलको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । टिम ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले दोस्रो हाफमा लगातार तीन गोल गरेको थियो । 

ब्राजिलका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गरेका थिए । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे । यसअघि यसै समूहको अर्को खेलमा कोलम्बियाले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो । कुल पाँच टिम सम्मिलित समूहमा कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।