५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीको सतह बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो



अ+ अ-

रुपन्देही । गण्डक ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि उक्त ढोकाहरु खोलिएको हो । 

पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेको छ । 

ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिन्छ । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको बताइएको छ । 

यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह समेत गरेको छ ।