५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङको दोर्दी खोलाले हिले बजारका १४ घर बगायो



अ+ अ-

लमजुङ । लगातार परेको वर्षाका कारण जिल्लाको दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ । 

यस्तै ५० घर उच्च जोखिममा परेका छन् । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको बताईएको छ । 

बगाएका घरमध्ये ९ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासीको घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।

एक सय ६ घर रहेको उक्त स्थानमा ५० घर उच्च जोखिममा रहेका छन् ।