काठमाडौं । आज (बुधबार) बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु एक सयले गिरावट आएको हो ।
हिजो (मंगलबार) प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) रु एक सयले घट्दै प्रतितोला रु ९३ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९२ हजार ६ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







