५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपतमा उद्धार र राहतका लागि सरकारलाई काँग्रेसको अपील



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सिन्धुपाल्चोक लगाएतका देशैभरी आईपरेको बाढी पहिरोबारे सरकारसंग उद्धार र राहतका लागि अपील गरेको छ । सभापति देउवाले 
अपिल पत्र जारी गर्दै सरकार समक्ष  युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न पनि सरकारलाई आग्रह गरेको छ ।

यतिबेला सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरिरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेसले स्थानीय पार्टी पंक्तिलाई समेत सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकेको छ ।

साथै बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने भएको भन्दै देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह पनि गरेको छ । त्यसैगरी तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील भएको छ ।